राजनीति

राष्ट्रपति भण्डारीले जारी गरिन् ७ अध्‍यादेश

राष्ट्रपति भण्डारीले जारी गरिन् ७ अध्‍यादेश

काठमाडौं: मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्‍यादेश जारी गरेकी छिन् । भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् सात वटा अध्यादेश जारी गरेकी हुन्।

संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका अध्यादेश जारी गरेकी हुन् ।

उनले यौन हिंसाविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिलगायत अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।