समाज

वडा सदस्यको शव बोकेको गाडी दुर्घटना, चार जनाको मृत्यु

वडा सदस्यको शव बोकेको गाडी दुर्घटना, चार जनाको मृत्यु

बैतडी: मंगलबार बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएकाे हाे ।

उक्त जिप दुर्घटना  हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।