स्वास्थ्य

उपमहानगरपालिकाद्वारा बुटवलमा अक्सिजन बैंक स्थापना

उपमहानगरपालिकाद्वारा बुटवलमा अक्सिजन बैंक स्थापना

बुटवल : बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ । उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर अक्सिजन बैंक शुरु गरिएको हो । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटल आइसोलेसन तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन लगेर दिइने छ ।

उपमहानगर कार्यालय परिसरमा स्थापना भएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुनेगरी व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको बताए ।