राजनीति

काँग्रेस पदाधिकारी बैठक जारी, विश्वासको मत बारे निर्णय लिने

काँग्रेस पदाधिकारी बैठक जारी, विश्वासको मत बारे निर्णय लिने

काठमाडौं : वर्तमान राजनीतिक सन्दर्भमा काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठक जारी छ ।काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा बैठकमा छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका देउवाले आज पदाधिकारीसँग गरेर प्रधानमन्त्रीको विश्वासको मत बारे आवश्यक रणनीति बनाउन लागेका हुन् ।