स्वास्थ्य

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे तीनै जिप्रकाको आजको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई सहभागी गराउने भन्दै आफूमा संक्रमण भएको जानकारी दिएका हुन् ।

सामान्य खोकी लागेर पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको र आफू होम आइसोलेसनमा बसिरहेको उनले बताए ।