आर्थिक

फेरी बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

फेरी बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन ताेलामा २ सय रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ६ सय रुपैयाँ कायम गरेको छ । साेमबार तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९० हजार १०० कायम भएको महासंघले जनाएको छ । साेमबार तेजावी सुन ताेलामा ८९ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यसैगरी, चाँदीको भाउ सुनको मूल्य बढेपनि चाँदीको भाउ पनि बढेकाे छ। आज चाँदीको भाउ एक हजार ३०० रुपैयाँ छ। साेमबार चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको थियाे ।