स्वास्थ्य

नेपालमा ५५० पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु

नेपालमा ५५० पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु

काठमाडौं: हालसम्म नेपालमा ५५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमवार विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंघले ५५० पत्रकार काेराेना संक्रमित भएकाे र सात जना पत्रकारको निधन भएको जनाएकाे हाे ।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ। 'महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ। संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको छ,'  जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्।    
    
विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ ।