राजनीति

कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

काठमाडौं: काेराेना संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन्।    

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएकाे हाे ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौं फर्केका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो। पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन्।