स्वास्थ्य

बिहानै धनगढीको कोभिड अस्पतालमा उपचाररत थप ४ संक्रमितको मृत्यु

बिहानै धनगढीको कोभिड अस्पतालमा उपचाररत थप ४ संक्रमितको मृत्यु

धनगढी: धनगढीमा थप ४ काेराना संक्रमितकाे मृत्यु भएकाे छ । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चा कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको हाे ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए ।