राजनीति

कांग्रेसले दियाे पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन अनुमति

कांग्रेसले दियाे पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन अनुमति

काठमाडौं: नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमा कोभिड अस्पताल बनाउन अनुमति दिएको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित पार्टी कार्यालयमा १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हाे ।

नुवाकोटमा कोभिडका संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालका बेडहरू भरिदै गएको गुनासोलाई सम्बोधन गर्न अस्पताल बनाउन अनुरोध गरेको जिल्ला सभापति जगदीशनरसिंह केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले नेपाली कांग्रेस नुवाकोट सधैं जनताको साथमा रहेको भन्दै जस्तोसुकै परिस्थितीमा पनि सहयोग गर्ने बताएका छन् ।