अन्तर्राष्ट्रिय

पश्चिम बंगालकाे निर्वाचन परिणामपछि राजनीतिक दंगा, ११ जनाकाे मृत्यृ

पश्चिम बंगालकाे निर्वाचन परिणामपछि राजनीतिक दंगा, ११ जनाकाे मृत्यृ

एजेन्सी: हालै सम्पन्न पश्चिम बंगालकाे विधानसभाको निर्वाचन परिणाम आएको छ। यसलगत्तै राजनीतिक हिंसा पनि शुरु भएको बताइएको छ। केन्द्रीय सरकारले चुनावी दौरानमा के कति कारणले राजनीतिक कार्यकर्ता मारिए भनी बंगाल सरकारसँग रिपोर्ट मागेको छ।

मतगणना सकिएको २४ घण्टाभित्रमा भारतीय जनता पार्टीका ९ जनाको हत्या भएको भाजपाका बंगाल प्रदेश अध्यक्ष दिलिप घोषले दाबी गरेका छन्। उनका अनुसार यहाँ प्रहरीले कुनै सहयोग गरेका छैनन्।

भाजपाका नेता कैलाश विजयवर्गीयले ममता बनर्जीको आदेशमा यो सबै भइरहेको आरोप लगाएका छन्। टाइम्स अफ इन्डियाले मतपरिणामपछि ११ जनाको मृत्यु भएको जनाएको छ। केही स्थानमा भाजपाको अफिस र केही पसलमा तोडफोडसमेत भएको बताइएको छ।

आइतवार सम्पन्न मतगणनामा तृणमुल कांग्रेसले २१३ सिट जितेको छ भने बिजेपीले ७७ सिटमा चित्त बुझाएको छ। कोरोनका कारण उम्मेद्वारको मृत्यु भएकाले एक स्थानमा निर्वाचन स्थगित गरिएको छ।