स्वास्थ्य

देशभर आज कहाँ कति काेराेना संक्रमित थपिए ?

देशभर आज कहाँ कति काेराेना संक्रमित थपिए ?

काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल सक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। हाल २१२  जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्।