आर्थिक

बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

काठमाडौं: साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन ताेलामा ४ सय रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरेको छ । आइतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८९ हजार ९०० कायम भएको महासंघले जनाएको छ । आइतबार तेजावी सुन ताेलामा ८९ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यसैगरी, चाँदीको भाउ सुनको मूल्य बढेपनि चाँदीको भाउ पनि बढेकाे छ। आज चाँदीको भाउ एक हजार ३०० रुपैयाँ छ। आइतबार चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको थियाे ।