आर्थिक

सामान्य बढ्याे सुनकाे मुल्य, ताेलाकाे कति ?

सामान्य बढ्याे सुनकाे मुल्य, ताेलाकाे कति ?

काठमाडौं: आइतबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य बढेकाे छ । आज सुन ताेलामा १ सय रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम गरेको छ । शुक्रबार तोलाको ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८९ हजार ५०० कायम भएको महासंघले जनाएको छ । शुक्रबार तेजावी सुन ताेलामा ८९ हजार ४ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यसैगरी, चाँदीको भाउ सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदीको भाउ एक हजार २९५ रुपैयाँ छ। शुक्रबार चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको थियाे ।