शिक्षा

परीक्षा सञ्चालन गर्न छलफलमा जुट्याे त्रिभुवन विश्वविद्यालय

परीक्षा सञ्चालन गर्न छलफलमा जुट्याे त्रिभुवन विश्वविद्यालय

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले महामारी बढ्दै गएपछि परीक्षा सञ्चालन गर्न छलफलमा जुटिरहेको  छ ।

नियन्त्रक पुष्पराज जोशीले हप्ता दिनपछि कुनै उपायको टुंगो लगाइ उपयुक्त विधिमा परीक्षा सञ्चालन गर्नेबारे छलफल चलिरहेको उनले बताए । तर, अनलाइनबाट गर्ने कि भौतिक रुपमै भन्ने बारेमा कुनै निर्णय भइनसकेको उनले बताए ।

“हाम्रा विद्यार्थी दूरदराजमा पनि छन् । त्यसैले अनलाइनमा परीक्षा लिन्छु भनिहाल्ने अवस्था छैन । परिस्थिति सहज भएको खण्डमा भौतिक रुपमै परीक्षा लिन्छौँ । तर, नभए के गर्ने भन्ने बारेमा उपाय सोच्दै छौँ,” उनले बताए ।

त्रिविको स्नातक तह दोस्रो वर्षको दुईवटा विषयको परीक्षा सकिन लाग्दा मुलुकभर कोरोना संक्रमणको दर बढेपछि सबै तहको परीक्षा स्थगित गरिएको थियो ।