आर्थिक

ताेलामा ९०० ले घट्याे सुनकाे मूल्य, कति छ आज ?

ताेलामा ९०० ले घट्याे सुनकाे मूल्य, कति छ आज ?

काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुन ताेलामा ९ सय रूपैयाँले घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ९०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८९ हजार ४५० कायम भएको महासंघले जनाएको छ । हिजाे तेजावी सुन ताेलामा ९० हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यसैगरी, चाँदीको भाउ तोलाको फेरि १३ सय तल आइपुगेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।