मनोरञ्जन

बलिउड अभिनेता रणधीर कपुर अस्पताल भर्ना

बलिउड अभिनेता रणधीर कपुर अस्पताल भर्ना

दिल्ली :  बलिउड अभिनेता रणधीर कपुरलाई कोरोना संक्रमण भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि अहिले उनको मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल उपचार भइरहेको छ । 

उनको अवस्था भने स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष सेट्टीले बताएका छन् । 

“भेटरन अभिनेता श्री रणधीर कपुर कोभिड–१९ को उपचारका लागि गत रात कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर छ,” अस्पतालको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
७४ वर्षीय अभिनेता कपुरलाई स्वासप्रश्वासमा केही समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो । अस्पताल लगेपछि गरिएको उनको कोरोना परिक्षणको रिपोर्ट आज पोजेटिभ आएको हो ।