मनोरञ्जन

पूर्वरानी कोमलकाे अवस्था गम्भिर, प्रतिमिनेट १० लिटर अक्सिजन दिइँदै

पूर्वरानी कोमलकाे अवस्था गम्भिर, प्रतिमिनेट १० लिटर अक्सिजन दिइँदै

काठमाडाैं: काेराेना संक्रमित पूर्व रानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको हाे । अस्पतालमा उपचाररत  शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको हाे ।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ।

उनले भने, 'अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ।'

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।