शिक्षा

त्रिभुवन विश्वविद्यालयलद्वारा स्नातकोत्तर तहका सबै परीक्षा स्थागित

त्रिभुवन विश्वविद्यालयलद्वारा स्नातकोत्तर तहका सबै परीक्षा स्थागित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षाहरु स्थागित गरेको छ।सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

‘आज मिति २०७८/१/१३ गते बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार पूर्वनिर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८/१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ त्रिविले सोमबार प्रकाशित गरेको सूचनामा भनिएको छ।