आर्थिक

एकैदिन ताेलामा १००० ले बढ्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

एकैदिन ताेलामा १००० ले बढ्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

काठमाडाैं: बिहिबार  पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । बुधबार ताेलामा ५ सयले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा १ हजार रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार बढेर तोलामा ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
यस्तै तेजाबी सुन पनि आज तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । हिजाे तेजावी सुन प्रतिताेला ८८ हवार ५५० रूपैयाँमा कारेबार भएकाे थियाे । 

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।