राजनीति

पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह आज भारत जाँदै

पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह आज भारत जाँदै

काठमाडौं: पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह बिहीबार भारत जादै छन्। पूर्व राजा र रानी हरिद्वार महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् ।

नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्व राज दम्पती त्यस तर्फ जान लागेको निर्मल निवास स्रोतले बताएको छ ।

चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।