राजनीति

गण्डकी प्रदेश सरकारमा रहेका २ मा‌ओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारमा रहेका २ मा‌ओवादी मन्त्रीले दिए राजीनामा

पाेखरा: गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

बुधबारदेखि सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको बताए ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र मन्त्री थापा गरी दुई मन्त्री रहेका थिए । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए ।