स्वास्थ्य

बढ्दै काेराेना संक्रमित, कति थपिए आज ?

बढ्दै काेराेना संक्रमित, कति थपिए आज ?

काठमाडौं : नेपालमा पछिल्लाे २४ घण्टामा थप ३३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् ।

देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।