स्वास्थ्य

एक्लै हुँदा पनि मास्क लगाउन दिल्ली अदालतको आदेश

एक्लै हुँदा पनि मास्क लगाउन दिल्ली अदालतको आदेश

दिल्ली: छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण झनै तीव्र गतिमा फैलिरहेकाे छ । पछिल्लो समय यहाँ एक लाखको दरले संक्रमित थपिरहेका छन् । 

यसबीचमा दिल्लीमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा लिन अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू भएको छ। दिल्लीको उच्च अदालतले कारमा एक्लै हुँदा पनि चालकले मास्क लगाउनुपर्ने भन्दै आदेश दिएको छ।

गएको २४ घण्टामा मात्र भारतमा १ लाख १५ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ६३० को मृत्यु भएको छ।

यससँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड २८ लाखभन्दा बढी पुगेको छ। यहाँ कोरोनाका कारण १ लाख ६६ हजार १७७ को मृत्यु भइसकेको छ।

गत जनवरी १६ देखि भारतमा खोप कार्यक्रम संचालन भएको छ। ८ करोडभन्दा बढीमा खोप लगाइसक्दा कोरोना नियन्त्रणमा आउने संकेत देखिएको छैन।