आर्थिक

तोलामा ५ सयले बढ्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

तोलामा ५ सयले बढ्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

काठमाडाैं: बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा ३ सयले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा ५ सय रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
यस्तै तेजाबी सुन पनि आज तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । हिजाे तेजाी सरन प्रतिताेला ८७ हवार ५० रूपैयाँमा कारेबार भएकाे थियाे । 

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।