स्वास्थ्य

पछिल्लो २४ घण्टामा २६० काेराेना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २६० काेराेना संक्रमित थपिए

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप  २६० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मंगलबार चार हजार २४३ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २६० जनाको नतिजा पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ६९ जना छन् भने आइसोलेसनमा एक ९७९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.