मनोरञ्जन

दीपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ

दीपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ

काठमाडाै : कलाकार तथा अभिनेत्री दिपाश्री निराैलाकाे फेसबुक अकाउन्ट ह्याक गरेकाे आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । निरौलालगायत अन्य कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हाे ।

निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।