आर्थिक

सर्वाधिक उच्च विन्दुमा नेप्से, यी ६ कम्पनीमा झुम्मिए लगानीकर्ता

सर्वाधिक उच्च विन्दुमा नेप्से, यी ६ कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं: मंगलबार नेपाल स्टक एक्सचेन्ज 'नेप्से'ले नयाँ रेकर्ड कायम गरेकाे छ । साताको तेस्रो दिन आज नेप्से हालसम्म कै सर्वाधिक उच्च २ हजार ६ सय ६८ अङ्कमा पुगेको हो। आजको कारोबार समय अझै डेढ घण्टा बाँकी नै छ। 

अहिलेसम्म ६ वटा कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।  यसरी सर्किट लाग्नेमा चन्द्रागिरि हिल्स, वमी माइक्रो फाइनान्स, एनआइसी एसिया लघुवित्त, साञ्जेन जलविद्युत, छ्यन्दि हाइड्रोपावर र चिलिमे जलविद्युत रहेका छन्। 

आज दुई वटा कम्पनीमा भने नकारात्मक सर्किट लागेको छ। यस्ता कम्पनीमा धितो पत्र बोर्डको कारबाहीमा परेको अजोड इन्स्योरेन्स र हिजो मात्र लाभांश घोषणा गरेको लास्ट ट्रेडिङ कर्पोरेसन रहेका छन्।