आर्थिक

बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

काठमाडाै :साताकाे तेस्राे दिन मंगलबार सुनकाे मुल्य सामान्य बढेकाे छ । आज सुनकाे मुल्य ताेलामा तीन सयले बढेकाे हाे ।

मंगलबारका लागी छापावाल सुनकाे मुल्य प्रतीताेला ८७ हजार ५०० रूपैया कायम भएकाे छ । हिजाे छापावाल सुन ताेलाकाे ८७ हजार दुई सयमा काराेबार भएकाे थियाे ।

यस्तै आज तेजावी सुनकाे मुल्य ताेलाकाे ८७ हजार ५० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे तेजावी सुन प्रतीताेला ८६ हजार ७५० रूपैयामा काराेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।