आर्थिक

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्व आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्व आयल निगम घेराउ

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल जन्य पदार्थकाे मूल्य बढाएको छ । निगमले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

यसरी बाराम्वार पेट्रोलियम पदार्थको मुल्य बढाउँदा सर्वसाधरण नागरिक मर्कामा परेका छन । सर्वसाधरणले बिरोध जनाउँदा जनाउँदै पनि नेपाल आयल निगमले निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।

नेकपा–एमाले माधवकुमार नेपाल समुहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सोमबार मूल्य वृद्धि विरुद्ध आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै बिरोध जनाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बृद्दि गरेको छ ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।

निगमले एकातर्फ नियमित मूल्यवृद्धि गरिरहेको छ भने अर्कोतर्फ निगम घाटामा रहेको पनि बताइरहेको छ । यति नै बेला अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भाउ घटेको छ । तर कस्को सेवाको लागि निगमले बाराम्वार मूल्य बुद्दि गरिरहेको हो भन्ने कुरा कसैले भेउ पाउन सकिरहेका छैनन ।