प्रविधि

कीर्तिपुरमा ६ घण्टा बिजुली जाने, कुन-कुन स्थानमा ?

कीर्तिपुरमा ६ घण्टा बिजुली जाने, कुन-कुन स्थानमा ?

 काठमाडाैं: काठमाडौंको कीर्तिपुर वितरण केन्द्रअन्तर्गत शुक्रबार ६ घण्टा बिजुली जाने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार मच्छेगाउँ फिडरअन्तर्गत खुसीखुसी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउँ क्षेत्रमा अहिले बिहान ११ बजेदेखि साँझ अपराह्न ५ बजेसम्म विद्युत् बन्द गरिने भएको हो।

ज्वालादेवी र चम्पादेवीमा रहेका दुईवटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने भएकाले विद्युत् कटौती हुने भएको हो।