शिक्षा

सीटीईभीटीको परीक्षामा चिट चोर्न सघाउने पाँच जना पक्राउ

सीटीईभीटीको परीक्षामा चिट चोर्न सघाउने पाँच जना पक्राउ

जनकपुरधाम : परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा जनकपुरधामबाट प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ ।

सीटीईभीटीको परीक्षामा जनकपुरधामस्थित एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो।अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको थियो ।

सोही अनुसन्धानको आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए ।