राजनीति

प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित, अर्को बैठक बुधबार बस्ने

प्रतिनिधि सभाको बैठक सुचना टाँसेर स्थगित, अर्को बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित गरेको बैठक सुचना टाँस्दै फागुन २६ गते बुधबार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

आजको बैठक तोकिएको कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गर्दै  रोष्टम घेराउ गरेको थियो । 

संसदका सातौं अधिवेशन सुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सासदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

यस्तै नेकपाको प्रचण्ड(नेपाल पक्षले पनि बैठकको कार्यसूचीका विषयमा आपत्ति जनाउदै बैठकबाट बाहिरिएको थियो ।