राजनीति

प्रधानमन्त्रीले पत्नी राधिकासहित त्रिवि शिक्षण अस्पताल पुगेर लगाए काेराेना खाेप

प्रधानमन्त्रीले पत्नी राधिकासहित त्रिवि शिक्षण अस्पताल पुगेर लगाए काेराेना खाेप

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको दाेस्राे चरणकाे पहिलाे खाेप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ । प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो।