समाज

राष्ट्रपति भण्डारीद्वारा विरगन्जकी मुस्कान खातुनलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा विरगन्जकी मुस्कान खातुनलाई बधाई

काठमाडौं: वुमन अफ इन्करेज अवार्ड पाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले विरगन्जकी मुस्कान खातुनलाई बधाई दिएकी छिन् ।

खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने इन्टरनेशनल वुमन अफ इन्करेज अवार्ड पाएकोमा भण्डारीले शनिबार ट्विटरमार्फत बधाई दिएकी हुन् ।

उनले ट्विटरमा लेखेकी छिन्- 'एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ।'

सो अवार्ड पाउने १५ वर्षीया खातुन पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् । एसिड आक्रमण अन्त्यका लागि गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।  

गत वर्ष विद्यालय जाँदै गर्दा खातुनमाथि तेजाब आक्रमण भएको थियो ।