राजनीति

विप्लव र सरकारबीचको सहमति स्वागतयोग्य : भीम रावल

विप्लव र सरकारबीचको सहमति स्वागतयोग्य : भीम रावल

काठमाडौं: नेकपा स्थायी समिति सदस्य भीम रावलले हिंसात्मक राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा स्वागत गरेका छन्। नेता रावलले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरि राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।

शुक्रवार सरकार र नेकपाबीच तीन बुँदे सहमति भएपछि विप्लव तीन वर्षपछि सार्वजनिक भएका थिए। सरकार र विप्लवबीचको सहमतिले देश र जनताको हितमा सुखद परिणाम ल्याओस् भन्दै रावलले सामाजिक सञ्जालमार्फत शुभकामना दिए।

‘नेकपा (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरि राखिने संकल्प गरिनु स्वागतयोग्य छ। सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद परिणाम ल्याओस्,’ उनले लेखेका छन्, ‘शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद।’