राजनीति

आज नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक हुँदै, प्रधानमन्त्री ओलीसँगै सम्बोधन गर्ने 

आज नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक हुँदै, प्रधानमन्त्री ओलीसँगै सम्बोधन गर्ने 

काठमाडौं, २१ फागुन । सरकारसँग सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदैछन् । जानकारी अनुसार शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो २ बजे विप्लव सार्वजनिक हुन लागेका हुन् ।

सभागृहमा आयोजित उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने भएका छन् । विहीबार सरकार र विप्लव समूहबीचको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा ३ बुँदे सहमति भएको उल्लेख गरिएको छ । उक्त सहमतिलाई विहीबार नै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ ।

उक्त प्रेस नोटमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख गरिएको छ । तर, विप्लव समूहसँग भएका हतियारको व्यवस्थापनको विषय भने उल्लेख गरिएको छैन ।