राजनीति

विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारकाले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।

२७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै रहेका छन् ।