आर्थिक

आज फेरि ह्वात्तै घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?

आज फेरि ह्वात्तै घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?

काठमाडौं: बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । हिजाे ताेलामा ५ सय रूपैयाँले बढेकाे सुनकाे भाउ  ताेलामा १ हजार रूपैयाँले घटेकाे हाे । 

आज छापवाल सुन तोलामा  ८६ हजार ५ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापवाल सुन तोलामा  ८७ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलामा  ८७ हजार ५० रुपैयामा कारोवार  भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ३० रुपैयाले घटेको छ । बुधबार एक हजार १५  रुपैयामा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २८५  रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।