राजनीति

तिन वर्षपछि भाेलि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

तिन वर्षपछि भाेलि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौं: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । आज भएको सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् ।

सरकारले  विप्लव समूहलाई लगाएको प्रतिबन्ध पनि हटाएको छ । सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा प्रतिबन्ध हट्ने उल्लेख छ ।

भोलि हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन् । विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।