समाज

सुनकोशी–मरिण डाइभर्सनको शिलन्यास गर्न सिन्धुली जाँदै प्रधानमन्त्री ओली 

सुनकोशी–मरिण डाइभर्सनको शिलन्यास गर्न सिन्धुली जाँदै प्रधानमन्त्री ओली 

काठमाडौं, २० फागुन । विहीबार (आज) प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुली जाँदैछन् । राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली सिन्धुली जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीले त्यहाँ मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन हुने आयोजनाको शिलान्यास गर्नेछन् ।


सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा सुनकोशी–मरिण डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । उक्त आयोजना अघि बढाउन २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाने बताइएको छ ।