आर्थिक

ताेलामा ५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, हेर्नुस् आजकाे बजार भाउ

ताेलामा ५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, हेर्नुस् आजकाे बजार भाउ

काठमाडौं: बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजाे एकैदिन ताेलामा १७ सयले घटेकाे सुनकाे मूल्य आज ताेलामा ५ सय रूपैयाँले बढेकाे हाे । 

आज छापवाल सुन तोलामा  ८७ हजार ५ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार छापवाल सुन तोलामा  ८७ हजार रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । मंगलबार तेजाबी सुन तोलामा  ८६ हजार ५५० रुपैयामा कारोवार भएको थियो । 

यसैगरी चाँदी आज तोलामा २५ रुपैयाले बढेको छ । मंगलबार एक हजार २९०  रुपैयामा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार ३१५  रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।