थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घन्टामा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७४ हजार १४३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो सहित नेपालमा हालसम्म २ लाख ७० हजार ४०७ जना निको भएको मन्त्रालयले जनाएको छ ।