मंगलबार थप ११० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडाैं: नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ। हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ।