राजनीति

राष्ट्रपति भण्डारीसँग जापानी राजदूतको विदाई भेट

राष्ट्रपति भण्डारीसँग जापानी राजदूतको विदाई भेट

काठमाडाैं:  नेपालका लागि जापानी राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत मासामिची साइगोले विदाई भेट गरेका हुन् । 

सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।