राजनीति

प्रधानमन्त्रीले बालुवाटारमा मनाए आफ्नो ७० औं जन्मदिन

प्रधानमन्त्रीले बालुवाटारमा मनाए आफ्नो ७० औं जन्मदिन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएका छन्।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।