राजनीति

सकियाे मन्त्रिपरिषद बैठक, के भयाे विप्लवकाे प्रतिवन्ध फुकुवाकाे निर्णय ?

सकियाे मन्त्रिपरिषद बैठक, के भयाे विप्लवकाे प्रतिवन्ध फुकुवाकाे निर्णय ?

काठमाडौं:  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषदको बैठक सकिएकाे छ । मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी 'विप्लव समूह' बारे छलफल भएको बताइएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाका अनुसार बैठकमा २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको छ ।

उनले भने, 'विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला । अरू नियमित एजेन्डामा छलफल भयो।'

आजै मात्र सुरक्षा परिषद्को बैठक बसेको थियो । बिहान बसेको सुरक्षा परिषद् बैठकले पनि विप्लवकै गतिविधिबारे छलफल गरेको थियो । निर्वाचन सुरक्षाका विषयमा पनि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले भन्यो ।