राजनीति

मैले राजीनामा दिएको छैन, दिने साेच पनि छैन:  महान्यायाधिवक्ता खरेल

मैले राजीनामा दिएको छैन, दिने साेच पनि छैन:  महान्यायाधिवक्ता खरेल

काठमाडौं: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रस्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका छन् । 

 खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख छ ।

महान्यायाधिवक्ताले राजीनामा गर्‍यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरेको भन्दै यसमा आफूलाई दुस्ख लागेको उनले बताए । अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउन चाहनेहरूबाट यस्तो हल्ला आएको महान्यायाधिवक्ता खरेलले दाबी गरे ।

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि उनले स्पष्ट पारे ।