आर्थिक

निफ्राको सेयर मूल्यमा नेगेटिभ सर्किट, किन्ने कोही छैनन्

निफ्राको सेयर मूल्यमा नेगेटिभ सर्किट, किन्ने कोही छैनन्

काठमाडाैं:  साेमबारसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार एकाएक घटेकाे छ । 

सूचीकृत भएसँगै गत साता ५ दिन र यो साता पनि हिजोसम्म सकारात्मक सर्किट लागेको कम्पनीको सेयर मुल्य आज भने सुरुवाति समयमा सकारात्मक सर्किट लागेर २० मिनेटमै नकारात्मक सर्किट लागेको छ ।

सुरुआतमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो।

सोमबार ६६० रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मुल्य सुरुवाति समयमा १० प्रतिशतले बढेर ७२६ रुपैयाँसम्म पुगेपनि लगत्तै कम्पनीमना एक्कासी बढेको बिक्री चापले गर्दा  १० प्रतिशतले सेयर मुल्य घटेर ५९४ रुपैयाँमा झरेको छ ।  सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन्। बेच्नेतिर संख्या बढ्दै गइरहेको छ।