राजनीति

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न बस्याे मन्त्रिपरिषद् बैठक

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न बस्याे मन्त्रिपरिषद् बैठक

काठमाडाैं: मंगलबार मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ । बालुवाटारमा जारी मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने गर्ने एक मन्त्रीले बताए।

बैठकले प्रतिबन्द फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्ने ती मन्त्रीकाे भनाइ छ ।

सोमबार नै मन्त्रिपरिषद्को बैठक राखेर विप्लव नेकपामाथि लगाइएको प्रतिबन्धको फुकुवा गर्ने तयारी भएको भए पनि प्रधानमन्त्री केपी ओली कार्यक्रमका सिलसिलामा धनगढी गएकाले बैठक बस्न सकेको थिएन्।

सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै शनिबार  विप्लव आफैले विज्ञप्ति जारी गरेका थिए।

वार्ता टोली गठनअघि नै सरकारका प्रतिनिधि र विप्लव नेकपाका दोस्रो तहका नेताहरुबीच अनौपचारिक वार्ता भने भइरहेको जनाइएको छ।